0 0
Read Time:1 Minute, 6 Second

मर्निङ वाक’मा निस्किएका महिलाको गलाबाट सुनको सिक्री थुतेर फरार हुने गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले २२ दिनको अन्तरालमा आठजना महिलाको सिक्री लुटपाट गरेको थियो ।

पक्राउ पर्नेमा रामेछाप लिखु गापा–१, दुरागाउँका ३२ वर्षीय रविन दमाईं, सुनसरी धरान उमनपा–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नपा–७ का २६ उमेश क्षेत्री, धनकुटा लेगुवा गापा–७ का ३० वर्षीय राहुल क्षेत्री र भारत पश्चिम बंगालका ४२ वर्षीय श्रीकान्त माइती रहेका छन् । जसमध्ये दमाईं, विश्वकर्मा र माझी सुन चोरी घटनामा संलग्न अभियुक्त हुन् भने माझी र माइती चोरीका सुन खरिद गर्ने अभियुक्त हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %