0 0
Read Time:1 Minute, 3 Second

बैतडीः बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा संलग्न दम्पतीलाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ।बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले शिक्षक विष्टको हत्यामा संलग्न पुर्चौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो। सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए। शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %