0 0
Read Time:1 Minute, 22 Second

विपद्पछि राहतमा मात्रै ध्यान दिने सरकारी परम्परा कायमै ,आगामी दिनमा यहाँ पनि भीषण वर्षा हुन सक्ने विज्ञको आकलन छ । त्यसैले उद्धार र राहतमा मात्रै ध्यान दिने परम्पराबाट माथि उठेर सरकार पूर्वसूचना र तयारीमा पनि केन्द्रित हुनुपर्छ । सम्भावित जनधनको क्षतिलाई सम्भव भएसम्म जोगाउनुपर्छ ।मनसुन सुरु भएयता नै बाढीपहिरोबाट देशभर जनधनको क्षति भैरहेको छ । गृह मन्त्रालयका अनुसार महिनादिनयता बाढीपहिरो र चट्याङमा परी ३९ जनाले ज्यान गुमाएका छन् । ४० जना घाइते भएका छन् । २५ जना बेपत्ता छन् । करिब ७ सय परिवार प्रभावित भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुग्दा कम्तीमा ४० करोड नोक्सान भैसकेको छ । निर्माणाधीन ठूला जलविद्युत् आयोजनामा झन्डै करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको नेपाल विद्युत् प्राधिकरणको अनुमान छ । प्रभावितले बेहोर्नुपर्ने हैरानीको मूल्य त झन् अगणित छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %