0 0
Read Time:1 Minute, 3 Second

बागमती प्रदेशमा यस वर्ष पनि डेंगु संक्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरमा डेंगु संक्रमित बिरामीको संख्या बढ्दो क्रममा रहेको जानकारी दिए । २ साउनसम्म बागमती प्रदेशमा पाँच सय २० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको उनको भनाइ छ । विष्टका अनुसार धादिङमा तीन सय आठ, काठमाडौंमा ४६, भक्तपुरमा ३७, ललितपुरमा २६, नुवाकोटमा २३, रामेछाप र चितवनमा २१–२१, काभ्रेमा ११, सिन्धुलीमा १०, मकवानपुरमा आठ, रसुवामा चार, दोलखामा तीन र सिन्धुपाल्चोकमा दुईजना संक्रमित भेटिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %