0 0
Read Time:42 Second

काठमाडौं महानगरपालिकाले तार व्यवस्थापनसम्बन्धी काम १० दिनका लागि स्थगित गरेको छ । निरन्तरको वर्षाले तार काट्न समस्या भएपछि केही दिनलाई स्थगित गरिएको हो । महानगरले करिब दुई महिनाअघि तार व्यवस्थापनलाई अभियानकै रूपमा सुरु गरेको थियो । महानगर प्रहरीबलका नगर प्रहरी नायब उपरीक्षक तथा तार व्यवस्थापन संयोजक केदारबहादुर कार्कीका अनुसार पानी पर्ने समयमा तार काटेर व्यवस्थापन गर्न समस्या भएकाले काम रोकिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %