0 0
Read Time:51 Second

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा भोलि मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ।खेल दिउँसो पौने १ बजे  शुरु हुनेछ। नेपालले सातौँ स्थानका लागि  सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो। नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन्। यो नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेको तेस्रो खेल हो। यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %