0 0
Read Time:46 Second

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी)लाई तिर्नुपर्ने ऋण चुक्ता गरेको छ । निमगले आईओसीलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ ऋण तिरेको हो ।

१४ महिनादेखि तिर्न बाँकी रहेको २४ अर्ब ऋण जुन २३ तारिखमा आईओसीलाई तिरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताएका छन् । ठाकुरका अनुसार ऋणको सम्पूर्ण साँवा रकम तिरे पनि अब ब्याजवापतको ४५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उक्त रकम पनि जुलाई ८ तारिखमा तिरिसक्ने ठाकुरले बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %