1 0
Read Time:2 Minute, 2 Second

गत साता रिलिज हुने भनिएको आदिपुरुष विवादका कारण यो विषय अहिले चर्चामा छ । यसैबारे थप स्पष्ट पार्दै भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।

पत्रमा चलचित्र आदिपुरुषमा प्रयोग भएको संवादमा सीताको जन्मको विषयमा नभएर सम्पूर्ण भारतीय नारीहरूको स्वाभीमानलाई प्रतिनिधित्व गरिएको भनि प्रष्ट्याउन खोजिएको छ ।

साथै नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुगेको भए पत्रमार्फत माफी पनि मागिएकाे छ ,  यो कहिले पनि जानाजानी असमानताको कारण थिएन’, पत्रमा उल्लेख छ ।

सुपर क्यासेट्स इण्डस्ट्रिजका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित उक्त पत्रमा संसारका सबै महिलाहरूको सम्मानलाई भारतीयले महत्वका साथ हेर्ने गरेको उल्लेख गर्दै आदिपुरुषलाई कलात्मक प्रदर्शनको रूपमा ग्रहण गर्न आग्रह गरिएकाे छ ।

सीता भारतमा जन्मेकी हुन् भन्ने अर्थ दिनेगरी आदिपुरुषमा राखिएकाे वाक्यांश चलचित्रबाट नहटाइए काठमाडाैंमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन हुन नदिने निर्णय काठमाडाैं महानगरपालिकाले गरेकाे छ । महानगर प्रमुख बालेन्द्र शाहले नेपालमा प्रदर्शन हुने मात्रै नभइ भारतमै प्रदर्शन हुने उक्त चलचित्रबाट साे वाक्यांश हटाइनुपर्ने अडान लिएका छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %